नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार सूचीकृत
काठमाडौं । कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकबाट जारी भएको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ चुक्ता मूल्य ३५ करोड रुपैयाँ भएको ३५,००,००० कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकरण गरिएको छ ।
उक्त अग्राधिकार शेयर भोलि चैत २४ गतेबाट धितोपत्रको दोस्रो बजारमा कारोवार हुनेछ ।






















