stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंकको ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को कारोबार सुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं: नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ।

प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब भएको पाँच करोड कित्ता शेयरको यही २०८२ चैत १६ गते सोमबारदेखि कारोबार सुरु भएको बैंकले जनाएको छ।

धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुनेछ ।

साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको थियो ।

उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ ।

prabhu mahalaxmi
kumari