stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुनचाँदीको मूल्य घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार ६ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari