आजबाट निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशन
अध्यक्षमा लामा र पाण्डे प्रतिस्पर्धामा
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनमा आज हुँदैछ । प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ ।
अध्यक्ष पदमा पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामा र कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यस्तै, लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् । यस्तै, प्रमोद लामिछानेले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।
यस्तै, जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक उनी निकोलस पाण्डे प्यानलका हुन् ।
हिजो उम्मेदवारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेदवारी परेको थियो ।

























