stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सामाजिक सुरक्षा कोषबाट साढे उन्नाइस अर्ब भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानी बापत करिब १९ अर्ब ४५ करोड रुपियाँ भुक्तानी गरेको छ ।

सामाजिक सुरक्षा योजनामा योगदान गर्न सुरु गरेयता विभिन्न चार योजना अन्तर्गत दुई लाख ७७ हजार ४६१ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरिएको कोषले जनाएको छ । योजनामा २०७६ साउन १ देखि कोषमा रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न थालेका हुन् ।

कोषका अनुसार २०७६ साउनदेखि २०८२ चैत ११ सम्म कोषमा योगदान गरेका विभिन्न चार योजनामध्ये भुक्तानी लिने सबैभन्दा धेरै वृद्धावस्था सुरक्षा योजना अन्तर्गतका छन् ।

सो योजना अन्तर्गत सो अवधिसम्म एक लाख ३० हजार ६८८ योगदानकर्ताले १५ अर्ब ९० करोड ६५ लाख ६६ हजार ४२६ रुपियाँ भुक्तानी लिएको कोषले जनाएको छ ।

यस्तै औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत हालसम्म एक लाख ३८ हजार ४९१ जनाले दुई अर्ब ९५ करोड ८६ लाख दुई हजार ९३६ रुपियाँ लिएका छन् । यसै गरी आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ८५१ योगदानकर्ताका परिवारले ३३ करोड २२ लाख २१ हजार ६६२ रुपियाँ भुक्तानी लिएका छन् भने दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत सात हजार ४३१ योगदानकर्ताले २५ करोड ७६ लाख ६३ हजार ३९५ रुपियाँ भुक्तानी लिएका छन् ।

चैत ११ सम्म कोषमा १०५ अर्ब २६ करोड रुपियाँ योगदान रकम सङ्कलन भएको छ । कोषमा मासिक रूपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

सो रकममध्येबाट कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छुट्याइन्छ ।

कोषका अनुसार वृद्धावस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत परिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८. ३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ ।

कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल २८ लाख ७३ हजार ३३ योगदानकर्ता सूचीकृत छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिक धेरै छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुने व्यवस्था गरेको छ ।

कोषका अनुसार चैत ११ सम्म कोषको योजनामा औपचारिक क्षेत्रतर्फका छ लाख ८९ हजार ३०५, वैदेशिक क्षेत्रतर्फका २१ लाख ८१ हजार ९३३, अनौपचारिक क्षेत्रतर्फका ९४२ र स्वरोजगार क्षेत्रका ८५३ जना सूचीकृत भएका कोषले जनाएको छ । कोषमा यस अवधिसम्म २३ हजार ३३४ रोजगारदाता आबद्ध छन् ।

prabhu mahalaxmi
kumari