citizens life insurance long ad
stcnepal long ad

सालपा विकास बैंकको आइपीओ बाँडफाँट

भाग्यमानी ९ जनाले पाए ११ कित्ता शेयर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सालपा विकास बैंकको आइपीओ आज पुस २५ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा सालपा विकास बैंकको आइपीओ बाँडफाँट गरिएको हो। आइपीओ बाँडफाँट कार्यक्रम बिहान साढे ९ बजे राखिएको हो।

यो बैंकले सर्वसाधारणका लागि गत पुस १६ गतेदेखि पुस २० गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता आइपीओ जारी गरिएको थियो।

यस आइपीओमा २३ लाख २ हजार ८४३ आवेदकबाट २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर माग भएको छ। जसमा २२ लाख ६५ हजार ९५५ आवेदकबाट माग भएको २ करोड ५४ लाख ७७ हजार २६० कित्ता शेयर सदर भएको छ भने ३६ हजार ८८८ आवेदकबाट माग भएको ४ लाख ५७ हजार ६७० कित्ता शेयर बदर भएको छ। सदर आवेदकमध्ये २१ लाख ५८ हजार ९२६ आवेदकको हात खाली भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तिनैमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाएका छन्।

यो आइपीको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आइपीओका अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक, आइपीओ निष्कासन गर्ने बैंक र सीडीएससीको मेरो शेयर र ipo result.cdsc.com.np मा हेर्न सकिन्छ।

IME Life
kumari