stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको पुस २१ गते सोमबार बसेको चौबीसौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।

साधारण सभाले बैंकको गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशतका दरले नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

लाभांश पारित भएसँगै पुस २१ गतेदेखि नै सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश बापत रकम पठाउन थालिएको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

साधारण सभाले नगद लाभांशका साथै ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो। बोनस शेयर भने नेपाल स्टक एक्सेचन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपछि मात्रै सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ।

डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका तथा हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी सोसँगै हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर पनि अद्यावधिक गर्न आग्रह गरेको छ।

साथै शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको बैंकरवित्तीय संस्थाबाट स्वीकृति पत्र पेश गरेपछि मात्रै नगद लाभांश पठाइने बैंकले जनाएको छ।

साधारण सभा काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari