stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

लिवर्टी ईनर्जीको आईपीओ बाँडफाँट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिवर्टी ईनर्जीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो ।

यस अघि फागुन २७ गतेदेखि विक्री खुला गर्ने भनिएको यो आईपीओ कोरोना संक्रमणका कारण स्थगित भएको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनीले लमजुङ जिल्लामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजनाको निर्माण अवधिको ब्याज सहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long