stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा १ अर्ब गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको १ अर्ब २० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि पुस ७ गते राति ९ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ९६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १८ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ डिसेम्बर २६ देखि २०२६ डिसेम्बर २६ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

IME Lifesidebar
kumari