stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ।कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको कार्यालयमा आईपिओ बाँडफाँड भएको हो।

बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको १० लाख शेयरमा २१ लाख ८ हजार ८२० कित्ताको लागि आबेदन परेको छ। जसमा २१ लाख ८ हजार १४० कित्ता योग्य आबेदन परेकोमा ६२ हजार ९४७ जनाले कम्पनीको शेयर पाएका छन्।

हाइड्रोले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमा १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको थियो।

prabhu mahalaxmi
kumari