stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

टेलिनेटले ल्यायो ‘क्रिकेट प्रिमियर लिग भर्चुअल कन्टेस्ट’, गेम खेलेरै मोटरसाइकल जित्न सकिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । टेलिनेट प्रा.लि.ले नेपालभरका मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै ‘क्रिकेट प्रिमियर लिग भर्चुअल कन्टेस्ट’ सार्वजनिक गरेको छ । एनसेलसँगको एक दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै टेलिनेटले डिजिटल मनोरञ्जनका क्षेत्रमा यो नयाँ योजना ल्याएको हो ।

यो भर्चुअल क्रिकेटमा आधारित मोबाइल गेम हो । यसमा प्रयोगकर्ताले ब्याटिङ गर्दै रन बनाउन र स्कोर बढाउन सक्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो कुनै ‘लकी ड्र’ नभई प्रयोगकर्ताको कौशलमा आधारित प्रतिस्पर्धा हो । जसले जति धेरै स्कोर बनाउँछ, उसले उति नै उत्कृष्ट पुरस्कार जित्ने अवसर पाउनेछ ।

कसरी लिने सहभागिता ?
प्रतियोगितामा सहभागी हुन एनसेल प्रयोगकर्ताले ‘गेम्स गुरु’ (Games Guru) सेवा सुचारु (Subscribe)गर्नुपर्ने हुन्छ । सेवा सुचारु गरेपछि प्रयोगकर्ताले प्रतियोगितामा प्रवेश पाउँछन् र दैनिक गेम खेल्दै पुरस्कार जित्न सक्छन् । एनसेल एप, गेम्स गुरु वेबसाइट, यूएसएसडी कोड वा एसएमएसमार्फत यो सेवा सजिलै सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।
सहभागी हुन चाहनेले एसएमएस बक्समा “ACT TGGi1Y3” टाइप गरी ३११०५ मा पठाएर तुरुन्तै खेल सुरु गर्न सक्नेछन् ।

के–के छन् पुरस्कार ?
प्रतियोगिताका विजेताहरूका लागि ठूलो पुरस्कार राशि (Prize Pool)छुट्याइएको छ । खेलमा उच्च स्कोर गर्ने प्रयोगकर्ताले निम्न पुरस्कारहरू जित्न सक्नेछन् स्
पल्सर १५० सीसी (Pulsar 150 CC) मोटरसाइकल
सामसुङ ४ के युएचडी स्मार्ट टिभी (Samsung 4K UHD Smart TV)
रेडमी नोट १४ (Redmi Note 14 – 6/128GB)
हेल्थ चेकअप प्याकेज र अनलाइन डाक्टर परामर्श
एम फोर (M4) स्मार्ट फिटनेस ब्यान्ड
पठाओ राइड कुपन र चलचित्रको टिकट
एनसेल टप(अप, डेटा प्याक तथा पब्जी युसी कोइन्स (PUBG UC Coins)

टेलिनेट प्रा.लि.का सीईओ नवांकुर सूदले प्रयोगकर्तालाई रमाइलो, सहज र पुरस्कार–केन्द्रित डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यले यो कन्टेस्ट ल्याइएको बताए ।

prabhu mahalaxmi
kumari bank
kumari