stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अभिकर्ताको लाइसेन्स रिन्यु गर्न कम्तीमा १% बीमालेख नवीकरण भएको प्रमाण चाहिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका प्रावधान अस्पष्ट देखिएको भन्दै आवाज उठेपछि नेपाल बीमा प्राधिकरणले आज ५ बुँदे निर्देशन जारी गरेको छ।

प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरुका नाममा परिपत्र जारी गर्दै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका लागि उक्त ५ बुँदे निर्देशन कार्यान्वयन गर्न निर्देशन दिएको हो। प्राधिकरणको मंसिर १५ गतेको निर्णयअनुसार यो निर्देशन जारी भएको हो।

यस्ता छन् निर्देशन

  • जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड )ख) बमोजिम एउटा बीमालेखमा नघट्ने गरी कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्नेछ।
  • आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण (केवाईसी) स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ।
  • बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका लागि बीमा नियमावलीको अनुसूची–७ बमोजिम नवीकरण दस्तुर रु १ हजार तथा नियमन दस्तुर रु.५०० गरी जम्मा १ हजार ५०० रुपैयाँमात्र लाग्नेछ।
  • बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम इजाजतपत्रको अवधिभित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र अनुसूची–७बमोजिम विलम्ब शुल्क १ हजार रुपैयाँमात्र भुक्तानी गरी निवेदन पेस गर्न सक्नेछन्।
  • बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम इजाजतपत्रको म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन पेस नगर्ने बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुनेछ।

बीमा प्राधिकरणबाट अनलाइन प्रणाली मार्फत अभिकर्ता इजाजतपत्र नवीकरण गराएका पहिलो खेपका अभिकर्ताको तीनवर्षे इजाजत अवधि यही मंसिर १८ गतेदेखि सकिँदैछ। प्राधिकरणले तीनवर्षे अवधि तोकेर २०७९ मंसिर १९ गतेदेखि अभिकर्ता इजाजतपत्र नवीकरण गर्ने वा नयाँ इजाजतपत्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

त्यसअघि प्राधिकरणले पुनः नवीकरण गर्न सकिने गरी एकवर्षे अवधिका लागि मान्य हुने नयाँ इजाजतपत्र जारी गर्दै आएको थियो।

 

prabhu mahalaxmi
kumari bank
kumari