stcnepal long ad
ime life insurance
global ime bank long

चन्द्रागिरि केबलकार सोमबारदेखि पुनः सञ्चालनमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। केही समयदेखि निर्माणाधीन तथा मर्मत सम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा यात्रुहरूका लागि उपलब्ध हुने भएको छ।

केबलकार सोमबार बिहान ८ बजेदेखि सेवा प्रारम्भ हुनेछ। कम्पनीका अनुसार सञ्चालन प्रणालीमा देखिएका समस्या र गत भदौ २४ गते केबलकारमा भएको तोडफोडका कारण सेवा अनिश्चितकालका लागि बन्द भएको थियो। त्यसपछि मर्मत सम्भार गरी कात्तिक २२ र २३ गते केबलकार सञ्चालनमा आएको थियो।

यसपटक पनि पुर्ननिर्माण र मर्मतपछि सेवा नियमित रूपमा सञ्चालनमा आउन लागेको हुँदा यात्रुहरूले सहज रूपमा चन्द्रागिरि र वरिपरि क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न पाउनेछन्।

prabhu mahalaxmi
kumari