डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनको बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ले घटाएको हो ।
हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल–मट्टीतेल प्रति लिटर १४६ भएको निगमले जनाएको छ ।































