काठमाडौं क्षेत्र नं ८ को युवाहरु माग सम्बोधन गर्न क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा संजय नापितको उम्मेदवारी
काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर नगरपालिका कमिटी सदस्य संजय नापित ४० वर्ष मुनिको युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन।
राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य रहेका नापितले काठमाडौं क्षेत्र नं ८ का युवाहरुको गर्विलो उपस्थितिका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको बताएका छन।
वडा नं १३ का स्थायी बासिन्दा नापित राजनीति संगै विभिन्न संघ संस्था र व्यवसायिक क्षेत्रमा स्थापित युवा हुन् जसले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई विजयी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
काठमाडौं क्षेत्र नं ८ को युवाहरु माग सम्बोधन गर्न युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा संजय नापितले उम्मेद्वारी दिए।






























