प्रहरीलाई घुस दिन खोज्ने पक्राऊ
काठमाडौ । आज साउन २३ गते अन्दाजी ७ बजेको समयमा चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगास्थित प्रहरी चेकजाँचमा उपत्यकाभित्र प्रवेश गर्ने सवारी साधन चेक जाँच गर्ने क्रममा धादिङबाट काठमाडौतर्फ आएको बा ३ ख ३१०१ नम्बरको सवारी साधनलाई रोकी उपत्यका प्रवेश पास चेकजाँच गर्दा जिल्ला काठमाडौ नागार्जुन नपा. वडा नं. ४ घर बताउने बर्ष ३३ को अनिल महर्जनले सवारी पास नभएको बताए पछि ड्युटिमा खटिएको प्रहरीले निजले हाँकेको सवारी साधनलाई धादिङ तर्फनै फर्काउन खोजेकोमा निज चालकले ड्युटिमा रहेको प्रहरीलाई एक हजार रूपैयाँ दिने भन्दै खल्तीबाट रकम झिकी दिन लगेकोले निजलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका चालक विरूद्द मुलुकी अपराध संहिता २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कार्वाही भईरहेको छ ।































