नागढुंगावाट ५८६३ यात्रु आगमन
काठमाडौ । काठमाडौ उपत्यका प्रवेशकाे मुख्य नाका नागढुङ्गाबाट साउन २२ गते विहानदेखि २३गते विहान ६ बजेसम्म २६७६ सवारी साधनवाट ५८६३ यात्रु काठमाडौ उपत्यका भित्रीएका छन्।
यति धेरै यात्रु काठमाडौ भित्रिदा काेराेना महामारीले काठमाडौमा जाेखिम बढाउने खतरा बढाएकाे छ। साउन २२गते बिहान ६ बजे देखि २३ गते बिहान ६ बजे सम्म नागढुंगा नाका हुदै खाद्यान्न १७१ वटा, ग्याँसको बुलेट ८ वटा, काेईलाकाे २ गाडि,ग्यास सिलिन्डरका २४ वटा,ईन्धनका ट्यान्कर ६१ वटा, अक्सिजनकाे ग्यास गाडि १ वटा, तरकारीका ५२ वटा,फलफूलका २४ वटा, दुधका टयाङकर २१ वटा, कुखुरा २१वटा ,अण्डाका २२ वटा,औषधिका १६ वटा,सिमेन्टका २१३ वटा, छडका ४१ वटा,खसीका १३ वटा, रागाँ ११ वटा, अन्य ५८ र खुद्रा २०१ वटा गाडी भित्रीएकाे ट्रफिक प्रहरीले जनाएकाे छ।
नागढुंगा नाकावाट २६७६ सवारी साधनबाट ५८६३ यात्रु भित्रीएका छन । यसैगरि याे नाकावाट २५६० सवारीबाट ५७४९ यात्रुहरू बाहिरिएको ट्राफिक प्रहरीले जानकारी दिएकाे छ






























