stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रभु बैंकको ऋणपत्र भर्ने आज अन्तिम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार साउन २३ गते अन्तिम दिन हो । प्रभुले साउन १९ गतेबाट २० लाख युनिट इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । सामूहिक लगानी कोषलाई ५५ छुट्याएको छ ।

सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकहरुले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०५ ब्याजदर पाइनेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ८ वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था पूरा पनि गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long