stcnepal long ad
ime life insurance
national life
global ime bank long

एसएमएसबाटै करको जानकारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ ।आन्तरिक राजस्व विभागले करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्य सहित एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जाने गरी विभागले प्रणाली विकास गर्दैछ ।

विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महìवपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो प्रणाली निर्माणको प्रक्रिया अघि बढाइएको हो । ‘कसैको ट्याक्सेसन भयो अथवा कर जम्मा भयो भने त्यसको पनि जानकारी एसएमएसबाटै दिन्छौँ’ उहाँले भन्नुभयो ।

कस्ता करदातालाई करबारे कस्तो सूचना दिने भन्ने विषयमा विभागले कार्यविधि बनाइरहेको छ । कार्यविधिअनुसार नै सफ्टवेयर प्रणाली विकास गरिने र यही आर्थिक वर्षभित्र एसएमएसबाटै जानकारी उपलब्ध गराउने तयारी भएको महानिर्देशक कुँवरले बताउनुभयो ।

कर प्रशासन र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्य अनुरूप यस्तो सेवा उपलब्ध गराउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । विभागका अनुसार अहिलेसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको सङ्ख्या करिब दुई लाख ५७ हजार छ । त्यस्तै अन्तःशुल्कमाा दर्ता हुने करदाता करिब ९८ हजार छन् ।
अनलाइनबाटै पान
एसएमएस बाहेक विभागले व्यक्तिगत करदातालाई अनलाइनबाटै स्थायी लेखा नम्बर (पान) लिन सक्ने व्यवस्था पनि गर्दैछ । व्यक्तिगत करादातालाई पानकै लागि कर कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न घरमै बसेर लिन सकिने सुविधा उपलब्ध गराउन लागिएको महानिर्देशक कुँवरले जानकारी दिनुभयो । संस्थागत पान लिनेलाई भने तत्काल यो सुविधा उपलब्ध हुने छैन ।

विभागले चालू आर्थिक वर्षको सुरुदेखि नै पानमा पहिलो पटक बायोमेट्रिक प्रणाली पनि सुरु गरिसकेको छ । करदाताको पहिचान र सहजताका लागि यस्तो प्रणाली सुरु गरिएको विभागले जनाएको छ ।

यो पनि व्यक्तिगत करदाताका लागि मात्र विभागले सुरु गरेको हो । यो सुविधा तत्काल काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा उपलब्ध छ । विभागले देशैभरका कर कार्यालयमा यो सुविधा विस्तार गर्ने जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार २०७६ असार मसान्तसम्म करिब ३३ लाखले पान लिएका छन् ।

यसमध्ये १९ लाख ३० हजारले व्यक्तिगत पान लिएका छन् । १३ लाख ६६ हजारले व्यक्तिगत पान लिएको मन्त्रालयको तथ्याङ्क छ ।

IME Lifesidebar
kumari