राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेल पाएका छन्। आज कात्तिक १९ गतेदेखि लागू हुने गरी पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। उनी हाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक छन्।

वि.सं. २०५९ सालमा पौडेल राष्ट्र बैंकमा प्रवेश गरेका थिए। उनी हाल मानव संशाधन विभागमा कार्यरत छन्।

पौडेलसँग राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र बैंक सुपरिवेक्षण विभागमा काम गरेको अनुभव पनि रहेको छ। यसअघि राष्ट्र बैंकको प्रवक्ता जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितले निभाएका थिए।

IME Lifesidebar
kumari