stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सामसङद्वारा नेपालमा ग्यालेक्सी एम–१७ फाइभ–जी लन्च

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम–१७ फाइभ–जी बजारमा ल्याएको छ। आकर्षक डिजाइन, मजबूत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘नो–शेक क्यामेरा’ प्रविधि प्रस्तुत गरेको छ।

यस प्रविधिले स्थिर र स्पष्ट फोटो तथा भिडियो खिच्न सक्ने भएकाले यो मोबइल आफ्ना हरेक क्षणलाई प्रो–लेभल गुणस्तरमा कैद गर्न चाहने ग्राहकहरूका लागि उपयुक्त रहेको छ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी एम–१७ फाइभ–जी मार्फत एआई र प्रिमियम क्यामेरा प्रविधिलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य रहेको छ।

‘नो–शेक क्यामेरा’ लगायतका फिचरहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउने र यो फोन विशेषगरी निडर, सिर्जनात्मक र गतिशील युवाहरूका लागि तयार गरिएको छ।

सामसङका अनुसार ग्यालेक्सी एम–१७ फाइभ–जीमा ग्यालेक्सी एआईद्वारा सञ्चालित ‘सर्कल टु सर्च विथ गुगल’ र ‘रियल–टाइम एआई असिस्ट’ जस्ता फिचरहरू समावेश छन् जसले खोज, संवाद र मल्टिटास्किङलाई अझ सहज बनाउँछ। यसमा प्रयोग गरिएको ६ न्यानोमिटर एक्सिनोस १३३० प्रोसेसरले गेमिङ, स्ट्रिमिङ र दैनिक कार्यमा छरितो तथा ऊर्जा–दक्ष प्रदर्शन प्रदान गर्छ।

यो स्मार्टफोनमा ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ जसलाई कोर्निङ गोरिल्ला ग्लास भिक्टसले सुरक्षित गरेको छ।

साथै आईपी–५४ रेटिङका कारण यो धूलो र पानीबाट पनि सुरक्षित रहन्छ। यी सबै विशेषताले ग्यालेक्सी एम–१७ फाइभ–जीलाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथि बनाउने दाबी गरिएको छ।

सामसङले ग्यालेक्सी एम–१७ फाइभ–जीलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ। ४ जीबी र १२८ जीबी स्टोरेजको मूल्य २५ हजार ९९९ रुपैयाँ राखिएको छ भने ६ जीबी र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यो नयाँ स्मार्टफोन अहिले देशभरका सामसङ अधिकृत रिटेल स्टोरहरू, सामसङ प्लाजा र प्रमुख ई–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको सामसङले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari