stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउन गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो । अदालतको फैसलामा सरकारको राजदूत फिर्तासम्बन्धी निर्णय कानुनी परीक्षण नहुँदासम्म कार्यान्वयन नगर्न भनिएको छ ।

दुई साताअघि सरकारले ११ मुलुकका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर भएपछि आजको इजलासले अन्तरिम आदेश जारी गरेको हो । यससँगै ती देशमा कार्यरत राजदूतहरू हाल कार्यरत मुलुकमै रहने भएका छन् ।

prabhu mahalaxmi
kumari