“किसान भन्दछन् युरिया मल कहिले पाइन्छ ?”

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

टीकापुर । टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएका छैनन ।

मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको सङ्कट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाइरहेका छन । कैलालीमा कतै नपाएपछि बर्दियाको गुलरियाबाट एक क्विन्टल मल ल्याएर अलिअलि छर्ने योजना बनाएको लक्ष्मीले जानकारी दिए । “दुई सातादेखि मल खोजिरहेको छु, मल नपाउँदा निकै पीडा भएको छ”, उन भने, “बर्दिया गएर मल ल्याए तर त्यतिले पुग्दैन ।”

टीकापुर–७ सत्तीका धना तिमिल्सिनाले पनि युरिया मल पाएका छैनन । मलकै लागि धनगढीसम्म बारम्बार सोधपुछ गर्दा पनि मल नपाएपछि दिक्क भएका छन । अहिलेसम्म युरिया मल पाइने सम्भावना नदेखिएको उनको गुनासो छ । धान उत्पादन बढी लिन किसानलाई मल, सिँचाइ अनिवार्य चाहिन्छ ।

“मल नपाए यस वर्ष धान उतपदन घट्ने निश्चित हो । उत्पादन घटे परिवारलाई वर्षभरि खानै पुग्दैन”, तिमिल्सिना भने, “देशभित्र युरिया मल छैन भने सीमापारिबाट भए पनि ल्याउने व्यवस्था मिलाउनु आवश्यक छ । अघिल्ला वर्ष हामी भारतबाट मल ल्याउँथ्यौँ ।”

धान उत्पादन बढाउन युरिया आवश्यक भए पनि समयमा उपलब्ध नहुँदा बर्दिया र कैलालीका सीमावर्ती बजार धाउनुपर्ने बाध्यता छ । किसानले स्थानीय तहलाई समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने र नसके अन्य सम्भावना खोजी गरी मल ल्याउन दिनुपर्ने किसानको माग छ । धानमा हाल्ने बेला युरिया मल नपाउनु किसानलाई मात्रै समस्या नभई कृषि क्षेत्रमै असर पार्छ ।

समयमै सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग छ । सहजताको लागि टीकापुर नगरपालिकाले विभिन्न तह र निकायसँग समन्वय गरिरहेको टीकापुर नगरपालिकालका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

“मल अभावमा किसानलाई सास्ती भएको छ”, नगर प्रमुख रावल भने, “हामीले धेरैतिर पहल गरेका छौँ, हाम्रो काम समन्वय र पहल गर्ने हो, मल नपाए उत्पादनमा कमी मात्र नभई किसानलाई दुःख भएको छ ।”

कृषि उत्पादन बिना विकासका कार्यसमेत प्रभावित हुने भएकाले अहिले किसानको समस्याबारे समन्वय भइरहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बताए, “किसानलाई सहजताका लागि अन्य व्यवसायीरुपमा आउने सामानसरह व्यवहारिकरुपमा किसानलाई मल ल्याउनको लागि पहल भइरहेको छ ।”

कैलालीमा १५ हजार मेट्रिक टन युरिया, खपत भए पनि तत्काल कृषि सामग्री कम्पनीले चार हजार टन युरिया मलको माग गरेको छ । तत्काल कतैबाट मल ल्याउने सम्भावना नरहेकाले साउनको अन्तिम सातासम्म मात्र युरिया मल आउन सक्ने कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । रासस

IME Lifesidebar
kumari