stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सञ्चार माध्यमलाई नवीकरण तथा जरिवाना छुट दिइने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाग्मती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरण बापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्क समेत छुट दिने निर्णय गरेको छ ।

कोरोना कहरका कारण भएको लकडाउनले थलिएका विद्युतीय सञ्चार माध्यमका हितका लागि राहत स्वरुप सरकारका तर्फबाट उक्त निर्णय गरिएको प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

विद्युतीय सञ्चार माध्यमलाई छुटदिने सङ्घीय सरकारको निर्णयानुसार नै प्रदेश सरकारले पनि निर्णय गरेको उनले बताए ।

प्रदेश सरकारले विद्युतीय सञ्चार माध्यमलाई नवीकरण लगायतमा छुट दिने गरेको निर्णय प्रति ब्रोडकास्टिङ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईले खुशी व्यक्त गरे । “सरकारले केही ढिलो निर्णय ग¥यो तर अत्यन्तै सकारात्मक निर्णय ग¥यो” उनले भने ।

सरकारको निर्णयले प्रदेश सरकार मातहतका २०० भन्दा बढी रेडियो तथा ३५ वटा भन्दा बढी केवल टेलिभिजन लाभान्वित हुने उनको भनाइ छ ।

ताल्चा लगाउनुपर्ने अवस्थामा पुगेका रेडियो टेलिभिजनलाई सरकारको निर्णयले पुनर्जीवन दिएको उपाध्यक्ष चौलागाईँले बताए ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long