stcnepal long ad
ime life insurance
national life
global ime bank long

सारथी केवल इन्डिष्ट्रिजले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदम स्वरूप सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त औपचारिक कार्यक्रम होटल मेरियट, काठमाण्डौमा सम्पन्न भएको हो । सम्झौतापत्रमा सारथी केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजिको २० प्रतिशत सर्वसाधारणलाई आइपओि निष्काशन गर्ने योजना बनाएको छ । आइपीओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।

आइपीओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक अन्डरग्राउन्ड केवल उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुनेछ र त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी Plalgod Aluminium Furnance Plant जडान गर्ने लक्ष्य लिएको छ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले बिगत १८ बर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो। कम्पनीले मुख्यतःमुख्यतः Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादनहरूमा विशेषज्ञता हाँसिल गरेको छ।

IME Lifesidebar
kumari