stcnepal long ad
himalayan life insurance long ad

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका पाँच जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा माघ २३ गते आयोजित एक समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
नेपाल सरकार मन्त्रिस्तरको माघ २२ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेतको पदोन्नती भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो समारोहमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्र्दै उहाँहरुको पदोन्नती गरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले अनुशासन तथा ईमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्र्नुहुँदै आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै मातहतलाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा उद्वार कार्यमा सकृय रहन निर्देशन समेत दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन आ–आफ्नो तहबाट सवैले योगदान पु¥याउनु पर्ने बताउनुहुँदै बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको स्मरण समेत गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल तथा एपीएफ अधिकृतहरुको उपस्थिति रहेको थियो ।