citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सिआइपी सम्मान २५ जनाले पाए

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संस्थालाई दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मानको अन्तिम सूची प्रकाशित गरेको छ । बिहीबार प्रकाशित सूचीमा विभिन्न उद्योगी तथा व्यवसायिक व्यक्तित्वहरु समावेश छन् । जसमा नेपाल उद्योग वाणिज्य महासंकी अध्यक्ष भवानी राणा उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, परिसंघका अध्यक्ष सतिश मोरसम्म रहेका छन् । छनौट भएका व्यक्तित्वहरुलाई यही माघ २८ मा राष्ट्रिय सभामा एक कार्यक्रम गरि सम्मान गर्ने कार्यक्रम रहेको व्यापार तथा निकासी प्रर्वद्र्धन केन्द्रले जनाएको छ । यसका लागि सरकारल विभिन्न विधाबाट महत्वपूर्ण योगदान पुरयाउने व्यक्ति तथा संस्थाको सूचि तयार गरेको थियो । ढकाललाई बैंकिङ प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी बिदेशी मुद्रा भित्राउने व्यवसायी, कम्पनीका तर्फबाट छनौट गरिएको हो । यस्तै राणा, श्रेष्ठ र मोर निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रर्वद्धनात्मक कार्य गरि आर्थिक विकासमा योगदान पुरयाएका व्यक्तित्वका रुपमा छनौट भएका हुन् । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधा सम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिइने भएको हो । सिआइपी दिन व्यक्ति तथा संस्थाको सूची केन्द्रले महत्वपूर्ण व्यावसायिक व्यक्ति छनोट तथा सिफारिस उपसमितिले चयन गरेको थियो । यस्तो सम्मान पाउने व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउछन् । उनीहरुका लागि सिंहदरबार तथा उच्चपदस्थहरुसँग भेट्न पनि सहज हुन्छ ।

gold
himalayan life insurance long ad