stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा बाढी पहिराेकाे समस्या

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपालमा वर्षेनी बाढी र पहिरोबाट किन मानवीय क्षति र जमीन कटान भैरहेको छ त ? नेपालको पहाडी खण्डमा पहिरो र बाढीबाट क्षति हुने गरेको छ भने भित्री मधेश तथा तराइमा चाही त्यहाँका खोलाहरुमा तटवन्धको कमी र नेपाल-भारत सीमामा भारतले बनाएका बाँधहरुबाट जमीन डुब्ने र कटान हुदा मानवीय क्षति, पशुधन क्षति, घरटहरा एवम जमीनमा लगाइएका बालीनालीहरु समेत क्षति हुने गरेको छ।

पहाड तथा उपत्यका तर्फ क्षति हुने प्रमूख कारणहरु:-

(अ) भौगर्भिक बनौटको अध्ययन नगरी बस्ती बस्नु, बस्ती सापेक्ष रुखपातको कमी हुनु ।

(आ) छरिएको बस्ती हुनुको कारण सुरक्षात्मक उपायहरु अवलम्वन गर्न कठिनाइ हुनु ।

(इ) अव्यबस्थित रुपमा जताततै कच्ची सडक खनी माटो व्यबस्थापन गर्न नसक्नु र वृक्षारोपणको महत्ववोध नहुनु ।

(ई) २०७२ बैशाख १२ गतेको महाभूकम्पको कारण बढी प्रभावित क्षेत्रको जमीन कमजोर स्थितिमा पुग्नु ।

(उ) स- साना खहरे खोलाहरु तथा नदीका किनारहरुमा आधारभूत सुरक्षाको लागि तटवन्ध निर्माणवारे सचेत नहुनु ।

(ऊ) खोला तथा नदीको प्राकृतिक वहावलाइ वेवास्ता गरी मानवबस्ती विस्तार गर्नु ।

( ए) नदी तथा खोलाहरुबाट असीमितरुपमा निर्माणजन्य कच्चा पदार्थहरुको उत्खनन हुनु ।

भित्री मधेश तथा तराइमा क्षति हुनुको प्रमूख कारणहरु:-

( क) खहरे खोलाहरु तथा नदी किनारहरुमा तटवन्ध निर्माण रणनीतिकस्तरमा नहुनु ।

( ख) अनियन्तृतढङ्गबाट चुरे दोहन गर्नु ।

(ग) नदी तथा खोलाहरुबाट असीमितरुपमा निर्माणजन्य कच्चा पदार्थहरुको उत्खनन हुनु ।

(घ) नेपाल- भारत सीमामा भारतद्वारा निर्मित बाधका कारण जमीन तथा बस्तीहरु डुबानमा पर्नु ।

नेपाल- भारत सीमामा निर्मित र निर्माण हुन बाकी बाधहरु:

( क) लक्ष्मणपुर बाँध(बाँके)

( ख) महलीसागर बाँध ( कपिलवस्तु)

( ग) रसियावाल- खुर्द- लोटन जोर्ती- तटबाँध( रुपन्देही)

(घ) पञ्चेश्वर बाँध( बैतडी)

( ङ) पूर्णागिरि बाँध ( डडेलधुरा)

(च) टनकपुर बाँध ( कञ्चनपुर)

(छ) शारदा बाँध ( कञ्चनपुर)

( ज) कैलाशपुरी बाँध ( बर्दिया- कैलाली)

( झ) कोइलावास बाँध ( दाङ)

(ञ) डण्डा – फरेना तटवन्ध ( रुपन्देही)

(ट ) गण्डक बाँध ( नवलपरासी)

(ठ) लालवकैया तटवन्ध ( रौतहट)

(ड) बैरगनिया चक्र- तटबाँध ( रौतहट)

(ढ) बागमती तटवन्ध ( रौतहट- सर्लाही)

(ण) कमला तटवन्ध ( धनुषा- सिरहा)

( त) सिरहा तटवन्ध ( सिरहा)

(थ) खाँडो तटवन्ध ( सप्तरी)

(द) कुनौली तटवन्ध ( सप्तरी)

(ध) कोशी बाँध ( सप्तरी- सुनसरी)

न) कोशी उच्च बाँध ( सुनसरी)

(प) लुना तटवन्ध ( मोरङ) ।

यी मध्ये पूर्णागिरि, पञ्चेश्वर र कोशी उच्च बाँध बन्न बाँकी नै छ । यी बाँधहरुबाट हुने क्षतिवारे नेपाल र भारत सरकारको वीचमा गम्भीर वार्ता गरी दुवै देशको जमीन कटान हुन नदिने गरी नेपालभित्र नेपालले र भारतभित्र भारतले सुरक्षात्मक उपाय अवलम्वन गरी समुद्रसम्मको योजना तर्जुमा गर्नु दुवै देशको हितमा हुनेछ ।

prabhu mahalaxmi
kumari