stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सानिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुुसार गत वर्षको चैत मसान्तसम्मको अवधिको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा १४.८० प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत वर्ष तेस्रो त्रैमाससम्म १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा सो नाफा बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाघेको हो।

त्यस्तै यस वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब ६ करोड ३२ लाख रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ पुग्दा कुल सञ्चालन नाफा पनि सामान्य बढेर ६ अर्ब रुपैयाँ नाघेको छ। यद्यपि बैंकको खुद ब्याज आम्दानी भने साढे ६ प्रतिशतले घटेर ४ अर्ब २८ करोड रुपैयाँमा झरेको छ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १९ करोड रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब १२ करोड रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २७ पैसाबाट बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा, बैंकको वितरणयोग्य नाफा ९लाभांश क्षमता० २ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari