stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने प्रस्ताव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँको मौलिकता झल्काउने र खुला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रङ्गशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसमा शुरुआती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रवलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरतर्फ रहेको भवनको प्रवलीकरणका लागि गत वर्ष विस्तृत परियोजना प्रस्ताव र इञ्जिनीयरिङ डिजाइन सम्पन्न भएको तथा चालू आर्थिक वर्षमा नेपाल सरकारको स्रोतबाट रु १० करोड बजेटको व्यवस्थापन गरी बोलपत्र निकालेर अघि बढ्ने तयारी भइरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण योजना महाशाखाका उपसचिव भगवान अर्यालका अनुसार घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका भारतीय एक्जिम बैंकको सहयोगअन्तर्गत रु दुई अर्बको प्रस्ताव पठाइएको छ ।

प्रमुख अधिकृत ज्ञवालीले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापक, विद्यार्थी संघसङ्गठनका पदाधिकारीसँग विभिन्न चरणको छलफल र परामर्शपछि गुरुयोजनाको कार्यान्वयनका लागि जमलमा रहेको जग्गामा कलेजको भवन बनाउन प्रस्ताव गरिएको बताए । नेपालकै सबैभन्दा जेठो कलेजका रुपमा रहेको त्रिचन्द्र कलेजका अधिकांश भवन जीर्ण भएका छन् । कलेजमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । रासस

prabhu mahalaxmi
kumari