stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

चौतर्फी विरोधपछि पछि हट्यो सरकार– नाकामा ५०० रूपैयाँसम्मका सामानको भन्सार नलाग्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले स्थलमार्गको सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा बढाएको छ । सय रूपैयाँको सीमा बढाएर ५०० रुपैयाँ पुर्‍याएको हो ।

राजपत्रमा प्रकाशित नयाँ सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले ५०० रूपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् ।

यसअघि सय रूपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था गरिएको थियो । जसको चर्को विरोध भएको थियो ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा उनीहरूले आफ्नो प्रयोगका लागि ल्याउने ट्याबलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

prabhu mahalaxmi
kumari