पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने सबै परीक्षा स्थगित
काठमाडौं । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेको परीक्षा स्थगित गरेको छ। सोमबार विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।
लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो।
उक्त विज्ञप्तीमा भनिएको छ, ‘कोरोना संक्रमणका कारण केही जिल्लाहरुमा सरकारले निषेधाज्ञा समेत जारी गरेको हुँदा यि सबै कुराहरुले मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाको तालिकाहरु प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।’ उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।





























