इनअफ इज इनफको दोस्रो अभियान
काठमाडौ । सत्याग्रहीसगँको सहमति कार्यान्वयन नहुनु एकपक्षीय धोका हो र नैतिकतामा गम्भिर नहुनुको पुष्टि हो ।
युवा पिडीको सत्याग्रहले सिंगो नेपालको दुःखलाई प्रतिनिधित्व गरेको छ । विषयगत गाम्भिर्यतामा सरोकारहरुको ध्यान जान ढिलाई हुनुले हुन जाने कुनै पनि क्षतीको उत्तरदायीत्व नेपाल सरकार र सरोकार निकायहरूले लिनु पर्ने छ ।
युवा पीडिलाई सत्याग्रहमा होमिन वाध्य पार्ने नेपाल सरकारले दायित्व वोध गरोस । अन्य कुरा थाती राखेर पनि कोरना कहरले ल्याएको रोग र भोगको विकराल अवस्थाको उच्च प्राथमिकताकासाथ कार्य याेजना सहित पर्दो गुणस्तरीय व्यवस्थापन गर्नु सरकारका दायित्व हुन।
आयातीत राजनीति र दलाल नेतृत्व प्रवृति नेपालको हक हितमा भएनन। नेपालमा राजनीति गरियो तर नेपाल र नेपालीको हितका लागि गरिएनन ।
हुनु नहुनु सवै भए । विधमान राजनीतिक व्यवस्था हरेक दृष्टिकोणहरूवाट असफल भै सक्यो । यसका हजारौ तथ्यहरू छन । राष्ट्रिय हक हीत, सनातत संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र सम्वध्दर्नमा नेपाली एकता नै शक्ति हो ।
हिमाल, पहाड र तराइका युवा शक्तिहरूवाट परिवर्तन, सुधार र विकास सम्मभव छ, तर जुट्नुहोस् जनताकाे यस्तो आवाज सुनिन्छ ।





























