stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एसिड पिडित पवित्रा आर्थिक संकटमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । एसिड प्रहारबाट घाइते भएकी रामेछाप घरभै वाफल बस्ने पबित्रा कार्कीको अवस्था बुझ्दा उनी हाल अस्पतालमा उपचार गर्न नसक्ने गरि आर्थिक संकटमा रहेकाे बुझिन आएकाे छ ।
उनी उपचाररत कीर्तिपुर अस्पताल पुग्दा उपचारको क्रममा पीडितलाई अभिभावकत्व ग्रहण गरिरहेका पबित्राको दिदि भिनाजुसगँको कुराकानीमा निजको आर्थिक अवस्था समेत दयनीय रहेको तर उपचार खर्चिलो र लामो समय लाग्ने भएकोले खर्चको अभाव रहेको जानकारी पाइएकाे छ ।
पीडित पवित्रा कार्कीको उपचार राज्यले गरोस् भन्ने पीडित परिवारको अपेक्षा अनुसार अधिकारकर्मिहरुले एसिड पीडित पबित्रा कार्कीको
आफन्त सहित आज  स्वास्थ्य  मन्त्री भानुभक्त ढकाललाई उहाँकै कार्यकक्षमा गएर भेटि पीडितको बारे ध्यानाकर्षण गराएकाे छ र पिडितको आर्थिक अबस्था कमजोर भएकालेे पीडितको उपचारमा लाग्ने सम्पुर्ण खर्च सरकारले बेहोर्न आग्रह पनि गरेकाे छ।
साथै कुनै एक व्यक्तिको योगदानले खासै केही गर्न नसक्ने भएतापनि थोपा थोपा मिलेर सागर बन्छ भनेझैं व्यक्ति व्यक्ति मिलेर सहयोग गरिएमा तत्कालको लागी केही राहत अवश्य हुन्छ भन्ने सोचले  पीडित पबित्रा कार्कीको नाममा रहेको सिद्धार्थ बैंक लिमिटेड कलङ्की शाखामा रहेको खाता नम्बर ०१९१५३९६१३०.मा निम्नानुसार रकम जम्मा गरी निजको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित पवित्राको उपचारमा सहयोग गर्न इच्छुक सहयोगी हातहरुलाई निम्न विवरण भएको खातामा रकम जम्मा गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।
खातावालाको नाम :- पबित्रा कार्की  बैंकको नाम :- सिद्धार्थ बैंक लि. कलङ्की शाखा खाता नम्बर :-०१९१५३९६१३० उक्त खातामा रकम जम्मा गरी शुरूवात गर्नेहरू निम्न रहेका छन् :- १. अधिवक्ता राधिका खतिवडा रु.५,०००/- २. सुस्मा राई – रु.५,०००/- ३. .द्वारिका न्यौपाने -रु.२,०००/- ४..आर के रोमस खतिवडा -रु.१,०००/- ५. उषाकिरण तिमल्सिना – रु.१०,०००/- ६. रविन प्यासी – रु.२,०००/- ७.जयराम तिमल्सिना -रु.२,०००/ ८.डि.आर जोशी -रु.२,०००/(E-sewa transferred) ९. बसन्त जोशी -रु.१,०००/-(E-sewa transferred) १०.किशोर मल्ल -१,५००/ (E-sewa transferred)
prabhu mahalaxmi
kumari bank
kumari