stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

गृह मन्त्रालयले मास्क नलगाउने विरुद्ध कडा कदम लिन निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाउने विरुद्ध कडा कदम लिन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृहले आज मातहतका निकायलाई निर्देशन दिएको हो ।

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गरेको छ । जसमा मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको छ।

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ । साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ । रासस

prabhu mahalaxmi
kumari