stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

साउन १९ बाट प्रभु बैंकको ऋणपत्र बिक्रीमा आउने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले साउन १९ गतेबाट २० लाख युनिट (इकाई)(ऋणपत्र बिक्री खुला गर्ने भएको छ । यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ ।

सामूहिक लगानी कोषलाई ५५ छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०५ ब्याजदर पाइनेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ८ वर्ष अवधिको ‘१०५ प्रभु बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

यो ऋणपत्रलाई रेटिङ एजेन्सी केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

यो ऋणपत्रमा छिटोमा साउन २३ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १ गतेसम्म भर्न सकिनेछ ।

यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था पूरा पनि गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

prabhu mahalaxmi
kumari bank
kumari