sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आजदेखि उपत्यकाका यी क्षेत्रमा दैनिक ५ घण्टा बिजुली काटिँदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि करिब एक हप्तासम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुँदैछ ।

प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो ।

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ । १५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र १७ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्रमा बिजुली काटिनेछ ।

त्यस्तै, १८ गते त्रिभुवन विश्वविद्यालय वरिपरि क्षेत्र, १९ गते रातोपुलदेखि गौशालासम्म र २० गते बल्खु चोकदेखि त्रिभुवन विश्वविद्यालयको गेटसम्मका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । साथै मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।

gold
kumari bank
nawakantipur long