citizens life insurance long ad

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५८औं वार्षिक साधारणसभा चैत १५ गते

लाभांश पारित गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५८औं वार्षिक साधारण सभा आगामी चैत १५ गते शुक्रबार बस्दैछ। साधारण सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।

साथै ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारण सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

IME Lifesidebar
kumari