sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

‘सामाजिक सुरक्षा कोष’ योगदानकर्ताहरूको योगदान रकम बढेर ७४ अर्ब रुपैयाँ भन्दा बढी पुगे

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । विगत २०७५ मंसिर ११ मा स्थापना भई २०७६ साउन १ देखि योगदानमा आधारित सामाजिक सुरक्षा रकम संकलन गर्न सुरू गरेको ‘सामाजिक सुरक्षा कोष’ योगदानकर्ताहरूको योगदान रकम बढेर ७४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि योगदान रकम पनि वृद्वि हुँदै गएकोे देखिन्छ ।

कोषमा गत २०८१ असोज मसान्तसम्म ६६ अर्ब १८ करोड योगदान रकम रहेकोमा फागुन ७ गतेसम्म बढेर ७४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । योगदान रकम कात्तिक महिनामा ६८ अर्ब १० करोड, मंसिर महिनामा ७० अर्ब ११ करोड, पुस महिनामा ७१ अर्ब ९५ करोड र माघ महिना ७३ अर्ब ८३ करोड रूपैयाँ थियो । कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन सुरु गरेको थियो ।

योगदान रकम संकलन सुरु भएको साढे पाँच वर्षमा ७४ अर्बभन्दा बढी रकम संकलन भएको छ । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको देखिन्छ ।

कोषले २०८० चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको थियो । वैदेशिक रोजगारीमा रहेका करिब साढे दुई लाख जना भन्दा बढी श्रमिक कोषमा आबद्ध भएका छन् ।

अपौचारिक, अनौपचारिकका साथै विदेशमा रहेका श्रमिकलाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोषले योगदान रकम बढाृन सफल हुँदै आएको छ । यसबाट योगदानकर्ताहरू पनि आर्थिक रूपमा निकै लाभान्वित भएका छन।

गत वर्ष २०८० भदौ महिनादेखि कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गरिएको थियो, जसले गर्दा योगदानकर्ता र योगदान रकम बढ्दै गएको देखिन्छ ।

यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्तिहरू पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको छ ।

अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आबद्ध हुन आउने क्रम चलिरहँदा योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धिदर देखिएको छ । कोषमा २०८१ फागुन ७ गतेसम्म २० लाख २७ हजार नौ सय १५ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएका छन् ।

गत असोज मसान्तसम्म यस्तो संख्या १६ लाख ८१ हजार, कात्तिकसम्म १७ लाख ६६ हजार जना, मंसिरसम्म १८ लाख ५६ हजार जना, पुससम्म १९ लाख २७ हजार जना र माघसम्म २० लाख ६ हजार जना रहेकोमा फागुन ७ सम्म आइपुग्दा २० लाख २७ हजार नाघेको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना, आर्थिक वर्ष २०७८/७९ मा १ लाख २७ हजार १ हजार १६ जना र आर्थिक वर्ष २०८०/८१ मा ५६ हजार ६ सय ५३ जना योगदानकर्ता सूचीकृत भएका थिए । २०८१ फागुन ७ सम्म कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या २० हजार एक सय ७० जना छन् ।

हरेक महिना नयाँ रोजगारदाता थप हुँदै जाँदा रोजगारदाताको संख्या समेत वृद्धि भएको देखिन्छ । कोषमा गत असोज महिनामा १९ हजार ६ सय जना, कातिकमा १९ हजार ७ सय जना, मंसिरमा १९ हजार ८ सय जना, पुसमा २० हजार जना र माघमा २० हजार १ सय ४३ जना रोजगारदाताहरू सूचीकृत भएका छन् । योगदानकर्ताको तुलनामा रोजगारदाताहरूको कोषमा आकर्षण देखिन नसके पनि संख्या भने निरन्तर बढिरहेको छ ।

सुरुवात समयमा भन्दा हाल कोषले प्रदान गर्ने सुविधाहरूलाई बुझेर सूचीकृत हुने रोजगारदाताको संख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ। कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ ।

सोही ऐनको दफा १० अनुसार कोषमा आवद्व भएका योगदानकर्ताहरूले कोषबाट औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना,अशक्तता सुरक्षा योजना,वृद्ध अवस्था सुरक्षा योजना,आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजनाबाट आर्थिक लाभ लिदै आएका छन।

यसरी ऐनबाट नै कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा कोषले सोही अनुरूप काम गर्दै आएको छ ।

सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १ अर्ब ७३ करोड ७३ लाख रुपैया, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत १७ करोड ४० लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत २० करोड ७१ लाख रुपैयाँ र अवकास दाबी रकम ११ अर्ब २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यसरी कोषले समीक्षा अवधिमा १३ अर्ब १२ करोड १५ लाख रुपैयाँ कुल दावी भुक्तानी परेको छ ।

दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढङ्गले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ ।

कोषले गर्ने कार्य सम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिदै आएको छ । बैंकिङ प्रणली मार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वाट स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा रकम भुक्तानी समेत गर्दै आएको पाइन्छ ।

सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयेर तयार गरी कार्यान्वयनमा ल्याइएको पाइन्छ ।

प्रविधिमैत्री हुने क्रममा २०८१ वैशाखदेखि कोषमा तीन वर्ष नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको कोषले जनाएको छ ।

कोषले पछिल्लो समय ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको छ । सो निर्देशिकाअनुरूप योगदानकर्ताहरूले ‘योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको छ ।

‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ ।

यसैगरी शैक्षिक सापटीअन्तर्गत कोषमा कम्तीमा तीन वर्ष योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो ।

नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको कोषले जनाएको छ । कोषले पछिल्लो समय ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको छ ।

सो निर्देशिका अनुरूप योगदानकर्ताहरूले ‘योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको छ । ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ ।

यसैगरी शैक्षिक सापटी अन्तर्गत कोषमा कम्तीमा तीन वर्ष योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो ।

यसरी बर्सेनि सामाजिक लगानी कोषमा रकम बढदै गएपनि देशमा उत्पादन बढाउने,निर्यात बढाउने,आयात प्रतिस्थापन गर्ने,नागरिकको आयआर्जनमा टेवा पुरयाउने,रोजगारी सिर्जना गर्ने र राजस्व वृद्वि गर्नमा समेत महत्वपूर्ण योगदान गर्न सक्ने उर्जा उत्पादन,कृषि उत्पादन,पर्यटन प्रवर्धन र हस्तकला उद्योगको विकासमा सरकारले लगानी रकम जुटाउन सकिरहेको छैन। यस्ता कोषको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गरि देश,नागरिक र कोषलाई समृद्व बनाउनुपर्ने खाँचो छ।

gold
kumari bank
nawakantipur long