sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज पोखरा विश्वविद्यालयको  २०औं दीक्षान्त समारोह

७,८७२ विद्यार्थी दीक्षित हुँदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

पोखरा । पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिनुभयो ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । दीक्षान्त समारोहमा ७ हजार ८७२ विद्यार्थी दीक्षित हुनेछन् । त्यसमध्ये ३० जनाले विशिष्ट पदक प्राप्त गर्नेछन् भने ७४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मान गरिनेछ ।

विश्वविद्यालयका ४ आंगिक क्याम्पस, ३ संयुक्त आंगिक क्याम्पस र ५८ सम्बन्धनप्राप्त कलेजहरूमा हाल ६८ कार्यक्रम सञ्चालनमा रहेका छन्, जसमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् ।दीक्षान्त समारोहमा विश्वविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको सहभागिता रहने छ ।

 

gold
kumari bank
nawakantipur long