stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

न्यायलयमा गम्भीर विचलन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सर्वोच्च अदालतले हालै गरेका २ वटा हत्या सम्बन्धी फैसलाको कारणले न्यायपालिका माथि आमनागरिकले प्रश्न उठाएका छन्। राज्यका प्रमुख निकायका प्रमुखहरु नै विवादित हुनु र गम्भिर आरोपमा मुछिनु देशको लागि दुर्भाग्य हो।

केही समय पहिला व्यवस्थापीकाका प्रमुख माथि यौन दुराचार जस्तो गम्भीर आरोप लाग्नु, कार्यपालिका प्रमुख माथि भ्रष्टाचार, अनियमिता र सांसद अपहरण काण्डमा सम्लग्नहरुलाई संरक्षण गरेको भन्ने आरोप लाग्नु र न्यायपालिकाका प्रमुख चाेलेन्द्र शमशेर जवरालाई त अझ न्यायीक क्षमतामा नै विचलन आउनु जस्तो संगिन आरोप लाग्नाले देश असफल राष्ट्रतिर गईरहेको आभास हुन्छ।

सत्तासीन पाटी कुर्सीको लडाईमा अल्झिनु, प्रमुख बिपक्षी दल सरकारको खवरदारी गर्नुको सट्टा च्याखे थापेर वस्नु र अरु विपक्षी दलहरु रमिते बनेर बसेका छन्।

सवै पाटीका प्रमुख नेता प्रति जनताको विर्तुष्णा जागेको छ जुन लोकतन्त्रको लागि अशुभ हो । राजनीतिक दलका युवा पुस्ताले हस्तक्षेपकारी भुमिका खेल्नु पर्ने बेलामा नेतुत्वको कमजोरी जोगाउन कम्मर कसेर लागेका छन् ।

नागरिक समाजका अगुवा र बुद्धिजिवीहरु नियुक्तीको आशामा सबै कुरा देखेर पनि नदेखे झै गरेर हेरिरहेका छन्। आम नागरिकहरु कोरोना र आर्थिक मन्दीका कारणले उठ्नै नसक्ने गरि च्यापिएका छन्।

विदेशमा रहेका नेपालीहरु पनि काममा भन्दा कुरा बढी गर्न र आ-आफ्नो डम्फु बजाउन व्यस्त छन्। तसर्थ यी सबै विर्कृतीहरुका विरुद्ध, देश-बिदेशमा रहेका सबै राजनितीक दलका ईमान्दार नेता कार्यकर्ता, स्वतन्त्र नागरिकहरु र पेशागत संघ संस्थाहरुले आ-आफ्नो ठाउबाट सकरात्मक पहल गर्न जरुरी भई सकेको छ।

अझ पर्ख र हेरको नीति लिने हो भने सम्मस्या यति भयाभय हुने देखिन्छ कि जुन तपाई हाम्रो कल्पना भन्दा धेरै खतरनाक हुनेछ । अन्तमा, त्यस बेला पशुपतिनाथले सबैको रक्षा गरुन् भन्ने बाहेक तपाई हामी सग केही रहने छैन।

prabhu mahalaxmi
kumari bank
kumari