sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

पश्चिम नेपाल बसमा यात्रा गर्ने यात्रुले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालीमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

सम्झौता पत्रका लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ ।

केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी प्रा।ली। नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्था हो । यस प्रा।ली।मा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् ।

gold
nawakantipur long