stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

३ अर्ब ४० करोडको लगानीमा नोवेलले ल्यायो अत्याधुनिक उपकरण सहितको क्यान्सर उपचार सेवा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधा सहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको सञ्चालक तथा संघीय सांसद डा. सुनिल शर्माले जानकारी दिए ।

डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत गरेको बताए ।

यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्ने अस्पतालको दाबी छ ।

यसेगरी आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ ।

ब्राकी थेरापीले विनादुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्ने जनाइएको छ।

नोबेलमा क्यान्सर  उपचारको लागि  दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर.आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।

prabhu mahalaxmi
kumari bank
kumari