stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

असोजको पहिलो सातादेखि कक्षा १२ को परीक्षा 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो ।

कोरोना १९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गरिने भएको छ ।

विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ ।

यसैगरि बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि समेत सार्वजनिक गरेको छ ।

यसअघि ११ कक्षाको समेत परीक्षा लिंदै आएको बोर्डले अब परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धाङ्कपत्र प्रदान गर्ने जिम्मेवारी विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दिइएको छ ।

ग्रेड वृद्धिका लागि फारम भरेका विद्यार्थीको परीक्षा समेत विद्यालयले लिएपनि प्रमाणपत्र भने बोर्डले नै दिने छ ।

कक्षा ११ को परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ५ लाख २९ हजार र कक्षा १२ को परीक्षामा ४ लाख ३० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

prabhu mahalaxmi
kumari bank
kumari