stcnepal long ad
ime life insurance
national life
global ime bank long

तुइनबाट खसेर एक जनाको मृत्यु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

हेटौंडा । मकवानपुरको हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । तुइनबाट खसेर मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् ।

हेटौंडाबाट लालझाडी जान रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खुट्टा चिप्लिएर खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो ।

उनलाई खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको थियो ।

चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari