stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

लिवर्टी इनर्जीको आईपीओ बिक्री खुला

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले साउन ७ गतेदेखि लमजुङ्गबासीका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले यसअघि फागुन २७ गतेदेखि आईपीओ खुला गरेकोमा कोरोना नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएसँगै आईपीओे स्थगित भएको थियो।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्काशन गरेको हो।

प्रतिकित्ता १०० अंकित दरका जारी हुने उक्त शेयरमा लमजुङ्गबासीहरुले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्। अब उक्त आईपीओमा साउन २१ गतेसम्म आवेदन दिन पाइनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र लमजुङ्गमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट भौतिक रुपमा नै फारम भर्न सकिन्छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

 

prabhu mahalaxmi
kumari bank
kumari