stcnepal long ad

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज पुस २१ ग्ते आइतबार अन्तिम दिन हो । वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ ।

यसर्थ पुस २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।

कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कोषले ३० औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । साधारण सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।