stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

तारागाउँ रिजेन्सी होटल्सको पुस २४ गते वार्षिक साधारण सभा

साधारण सभामा कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल हुनेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त साधारण सभामा पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

kumari bank
kumari
nawakantipur long