stcnepal long ad
global ime bank long

नेविसंघद्वारा त्रिविमा तालाबन्दी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मापदण्ड विपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ ।

विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसंघ त्रिवि समितिले  रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ ।

मागसँगै वार्ताका लागि पटक–पटक पहल गर्दा पनि पदाधिकारी तयार नभएपछि आफूहरु तालाबन्दी गर्न बाध्य भएको संघका नेताहरुको भनाइ छ । रासस

IME Lifesidebar
kumari