citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बंगालको खाडीमा रहेको चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव रहेको छ ।

देशभर मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी, मधेश प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति, कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

gold
himalayan life insurance long ad